Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोनाले प्रयोगशालाको महत्व बुझायो

नेपालमा कोरोनाले प्रयोगशालाको महत्व बुझायो

डा. निलम ठाकुर

यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड-१९) को महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसले विश्वलाई नै त्रसित मात्रै बनाएको छैन् स्वास्थ्य क्षेत्रमा ठुलो चुनौती पनि थपेको छ । यस्तै चुनौतीमध्ये कोरोनाको पहिचान अर्थात प्रयोगशाला परीक्षण पनि एक महत्वपूर्ण सवाल हो। कोभिड-१९ को संक्रमित बिरामीको पहिचान गर्न यसले ठूलो भूमिका खेल्दछ।

विश्वमा ७९ लाख भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यसैगरी ४३ लाख भन्दा बढी मानिसले यही संक्रमणका कारण ज्यान गुमाएका छन्। यहाँ कुरा गर्न खोजिएको हो कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण मानिने प्रयोगशाला परीक्षणको । कोरोनाको परीक्षण जटिल, खर्चिलो र विशेष परीक्षण भित्र पर्छ । सबैखालका ल्याबले यसको परीक्षण गर्न सक्दैनन्। यसका लागि विशेष सेट अप र दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्छ ।

मलाई याद छ ८ वर्षअघि जब म पहिलो क्लिनिकल जेनेटिसिस्ट भएर वीर अस्पतालमा काम गर्न आएँ । त्यसपछि मैले वीरमा एउटा जेनेटिक ल्याब बनाउँ भन्दा धेरैले मलाई मुर्ख ठाने। यस्तो ल्याब किन चाहियो भन्दै सिटामोल समेत नपाएर बिरामी मर्ने हाम्रो देशमा अहिले यस्तो जेनेटिक ल्याबको काम छैन् भन्दै मलाई उडाउनेहरु धेरै थिए । यस्तो एडभान्स ल्याबको नेपालमा आवश्यकता छैन् र अझै २५ वर्ष हाम्रो देशमा यस्तो ल्याबको सपना नदेख्नु्स् भनेर निराश बनाउनेहरुको अनुहार अहिले पनि सम्झिरहेको छु । तर पनि मैले आफनो विषय र क्षेत्र भएकाले प्रयास गरिरहें । बिस्तारै वीर अस्पतालमा सानै भए पनि जेनेटिक ल्याब शुरु गर्यौं । आज त्यही ल्याबले ठुलो काम दियो । हाम्रो मेडिकल क्षेत्रमा पनि रोगको पहिचान गर्ने प्रयोगशालालाई त्यति महत्व दिएको पाइँदैन । जबकी कुनै पनि रोगको उपचारका लागि रोग पत्ता लाग्नु सबैभन्दा महत्वपूर्ण हो । यही कुरा अहिले कोरोनाले साबित गरेको छ ।

यतिबेला बच्चादेखि बुढासम्मलाई पीसीआर परीक्षण भन्ने कण्ठ भइसक्यो । सबैको चासो भएको छ कसरी पीसीआर परीक्षणको दायरा बढाउने भन्ने। यो देख्दा चाहिं मैले कोरोनालाई धन्यवाद दिएकी छु कम्तीमा यसले देशभित्र प्रयोगशालाको महत्व त बुझाइदिएको छ ।हाम्रो मेडिकल क्षेत्रमा ल्याबलाई सबैभन्दा तल राखिन्छ । धेरैलाई रोगको उपचारको महत्व ठुलो र महत्वपूर्ण लाग्छ र तर त्यही रोग पत्ता लगाउने ल्याब परीक्षणका बारेमा अन्त्यमा सोचिन्छ । ल्याबको अपग्रेड गर्नपर्छ, भरपर्दो हुनुपर्छ जस्तो कसैलाई लाग्दैन्।

कोरोनाको पहिलो केस नेपालमा आउँदा त्यो परीक्षण गर्न देशबाहिर पठाइएको थियो। त्यतिबेला सम्म अत्याधुनिक ल्याब हुनुपर्छ भन्ने कसैलाई लागेन । जब संक्रमितहरु बढ्न थाले अनि मात्र ल्याबको महत्व बुझियो र त जसरी पनि ल्याब बनाउनुपर्यो भनेर काम गर्न थालियो । कहिल्यै सरकारको प्राथमिकतमा नपरेको ल्याब बिस्तारमा अब भने धेरै काम गर्न सकिन्छ । कोरोनाले अर्को कुरा पनि सिकाएको छ जस्तो मलाई लाग्छ । देशभर लकडाउन भएपछि हामीले देशबाहिर नमुना परीक्षण पठाउने वातावरण नबनेपछि झनै देशभित्रै अत्याधुनिक र गुणस्तरीय ल्याब हुनुपर्छ भन्ने महशुुस गराएको छ । नेपालमा धेरै यस्ता परीक्षणहरु पनि देश बाहिर जाने गरेका थिए जुन नेपालमै सम्भव छन्। लकडाउन हुँदा सबै खालका परीक्षण नेपालमा भए,देश बाहिर पठाउने बाध्यता हुँदैन भन्ने कुरा पनि सिकाएको छ । यो सही समय पनि हो हामी प्रयोगशालामा आत्मनिर्भर हुनैपर्छ । सबै खालका परीक्षण देशभित्रै भएमा बिरामी र सेवा दिनेलाई सहज हुन्छ । यसले अन्य देशमा नमुना पठाएर उनीहरुसँग भर पर्नुपर्ने बाध्यता हट्छ । सरकारी होस् वा निजी जसले शुरु गरे पनि सेवा  देशभित्रै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

अर्को कुरा अब रिसर्च ल्याबहरुमा पनि जोड दिनुपर्छ । नेपालमा औंलामा गन्न सकिने रिसर्च ल्याब मात्र छन्। रिसर्चमा बजेट पनि खासै छुट्याउने गरेको पाइँदैन । यस्ता कुरा ले अन्तत देशलाई नै फाइदा हुने हो । हामीले यसमा ध्यान दिएको भए आज आरडीटी किट हामी आफै बनाउन सक्थ्यौं होला ।

कोरोनाको पहिलो केस नेपालमा आउँदा त्यो परीक्षण गर्न देशबाहिर पठाइएको थियो। त्यतिबेला सम्म अत्याधुनिक ल्याब हुनुपर्छ भन्ने कसैलाई लागेन । जब संक्रमितहरु बढ्न थाले अनि मात्र ल्याबको महत्व बुझियो र त जसरी पनि ल्याब बनाउनुपर्यो भनेर काम गर्न थालियो । कहिल्यै सरकारको प्राथमिकतमा नपरेको ल्याब बिस्तारमा अब भने धेरै काम गर्न सकिन्छ । कोरोनाले अर्को कुरा पनि सिकाएको छ जस्तो मलाई लाग्छ । देशभर लकडाउन भएपछि हामीले देशबाहिर नमुना परीक्षण पठाउने वातावरण नबनेपछि झनै देशभित्रै अत्याधुनिक र गुणस्तरीय ल्याब हुनुपर्छ भन्ने महशुुस गराएको छ । नेपालमा धेरै यस्ता परीक्षणहरु पनि देश बाहिर जाने गरेका थिए जुन नेपालमै सम्भव छन्। लकडाउन हुँदा सबै खालका परीक्षण नेपालमा भए,देश बाहिर पठाउने बाध्यता हुँदैन भन्ने कुरा पनि सिकाएको छ । यो सही समय पनि हो हामी प्रयोगशालामा आत्मनिर्भर हुनैपर्छ । सबै खालका परीक्षण देशभित्रै भएमा बिरामी र सेवा दिनेलाई सहज हुन्छ । यसले अन्य देशमा नमुना पठाएर उनीहरुसँग भर पर्नुपर्ने बाध्यता हट्छ । सरकारी होस् वा निजी जसले शुरु गरे पनि सेवा  देशभित्रै हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

अर्को महत्वपूर्ण कुरा देशभित्रै दक्ष जनशक्ति पनि उत्पादन गर्न सकिन्छ । हाम्रा विश्वविद्यालयका कोर्षहरुमा मेडिकल जेनेटिक्स, माइक्रोबायल जेनेटिक्स, मोलिक्युलर बायोलोजी जस्ता विषयको पढाई नै निकै कम छ । जसले गर्दा जनशक्तिको पनि कुरा आउँछ । यी विषयहरु समावेश गरी देशभित्रै प्रयोगशालालाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ ।

अन्त्यमा कुनै समय अत्याधुनिक ल्याब किन चाहियो ? पीसीआर टेस्ट किन गर्नुपर्छ ? भन्नेबाट अहिले कोरोनाका कारण पीसीआर टेस्ट बढाउनु पर्यो, सकेसम्म धेरै स्थानमा यस्तो सेटअप बनाउनु पर्यो भन्ने सम्म सरकार पुगेको छ । यसले कम्तीमा ल्याबको महत्व बुझेको झल्किन्छ । यही समय हो सरकारले पनि सबै प्रदेशमा बेसिकदेखि अत्याधुनिक ल्याब बनाएर देशभित्रै सबैखालका परीक्षण गर्न सम्भव बनाउन सक्छ । अब देशको सबै तहमा गुणस्तरीय र भरपर्दो प्रयोगशाला स्थापना अपरिहार्य भइसकेको छ । त्यस्ता प्रयोगशालाहरुमा आवश्यक आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरी गुणस्तरीय स्वास्थ्य परीक्षण सर्वसाधारणले पाउने अवस्थाको सुनिश्चितता गर्न जरुरी भइसकेको छ । यसमा ढिलाई नगरौं ।