घाउखटिरा र विष निर्मूल पार्न आदिकवि भानुभक्तले बनाएकाे औषधि
काठमाडौं : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदै छ। आयुर्वेदको समेत ज्ञान भएका भानुभक्तले घाउ खटिरा दादको औषधि बनाउने विधि लेखेका छन्। यो विधिबाट बनेको औषधिले जुकालगायत विषालु किराले टोकेकोको पनि उपचार हुने बताइएको छ।
पाँच् तोला घिउ गाइको र खसिको बोसो समानै लिनू
चिउरीको घिउ सोहि भाग करुवा तेल् भाग सोही दिनू
सोइ भाग् कागति–रस मइन् सब समान् तुथो र गन्धक् अनी
फुस्रो सिन्दुर गेरु औषध इ चार् पाँच् पाँच मासा पनी।।१
चार् चीज् ती पछिका पिनेर मइदा पारेर सिन्दूरसरी
आदीका सब् चिज् पगालि हुँडली त्यो चूर्ण ताहीँ छरी
लाऊ दाद–दिनाइ गैह्र खटिरा जूका र डाँस–मोस्हरू
जोजो छन् विषजातिको विष लिन्या छैनन् उपायी अरु।।२
स्केच : शिवराज आचार्य कौण्डिन्न्यायनद्वारा सम्पादित ‘भानुभक्तकृत भाषारामायण’





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड