तुलसी : पूरै बिरूवा नै औषधि
सनातन हिन्दु धर्मावलम्बीले आषाढ शुक्ल पक्षको एकादशीका दिन बिहानै घरघरमा रहेको मठमा तुलसीको बिरुवा सार्छन्। भगवान् विष्णुको रूपमा चर्तुमास (चार महिना) भर पूजा गरी कार्तिक शुक्ल एकादशीका दिन समापन गर्छन्। यो भयो धार्मिक पक्षको कुरा!
स्वास्थ्यका दृष्टिले पनि तुलसीको महत्त्व ज्यादै महत्त्व छ। यसको बास्नाले मात्रै पनि घर वरिपरि विषालु किटाणुहरूको प्रवेश हुँदैन भने प्रदूषणलाई पनि रोक्छ। तुलसीले अत्यधिक अक्सिजन फ्याँक्ने कुरा पनि सिद्ध भइसकेको छ।
तुलसी यस्तो वनस्पति हो जो सबैतिर पाइन्छ। जुनसुकै स्थानमा उम्रिन्छ। यसका विभिन्न प्रकार हुन्छन्, सेतो, कालो रातो, छिर्केमिर्के आदि। विशेषगरी हामीले बर्सेनि रोप्दै, हुर्काउँदै आएको र त्यसैका बीउबाट उम्रेका हरिया पात भएका तुलसी नै हाम्रा लागि उपयोगी हुन्छ।
आयुर्वेदका हरेकजसो शास्त्रमा तुलसीबाट हुने उपचारको उल्लेख पाइन्छ। खासगरी श्वासप्रश्वास र रगतसम्बन्धी समस्यामा औषधिको काम गर्छ तुलसीले। ज्वरोका लागि मृत्युञ्जय औषधि पनि यसबाटै बन्छ। यसका पञ्चांग(जरा, डाँठ, पात, फूल र फल) नै औषधिमा प्रयोग हुन्छ।
तुलसी भिजाएको पानी मात्र खाँदा पनि रुघाखोकी, दम, निमोनिया आदिमा फाइदा पुग्छ। तुलसी वीर्यवर्धक मानिन्छ। यसले धातुरोग नाश गर्छ। शीघ्रपतन हटाउँछ र वीर्य स्तम्भन गराउँछ। जनेन्द्रिय चिलाउने, खटिरा आउनजस्ता चर्मरोगमा पनि यो फाइदाजनक छ।
यो ज्वरनाशक, कफनाशक र कफनाशक वनस्पति हो। याे सेवनले कलेजाेलाई पनि फाइदा पुर्याउँछ। पाचनप्रणाली सक्रिय गराउन पनि यसले काम गर्छ। तुलसीले शरीरमा उत्तेजना ल्याउने काम पनि गर्छ।
विशेषगरी बिहान सबेरै कम्तीमा २ ३ पत्ता तुलसीकाे पत्ता खाने गरे वा बिहानबेलुकी चियाका रूपमा पिउने आन्तरिक रोगहरू निर्मूल हुन्छन्।
वरिष्ठ आयुर्वेद चिकित्सक शेषराज आचार्य दीक्षितसँगको कुराकानीमा आधारित।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य