मेचीनगरमा थप दुई जनामा डेंगु
झापा : मेचीनगरमा थप दुई जनामा डेंगु संक्रमण फेला परेको छ। यसअघि पनि सो स्थानमा दुई जना डेंगुका रोगी फेला परेका थिए।
मेचीनगर १ पाटापुर र १० को पशु बजारमा दुईजना डेंगुको रोगी फेला परेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले जानकारी दिइन्।
यसअघि मेचीनगर ९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरामा डेंगुको संक्रमण देखिएको थियो। नगरमा संक्रमितको संख्या चार पुगेको संयोजक राईले जानकारी दिइन्। योसँगै झापा जिल्लामा डेंगु संक्रमितको संख्या १४ पुगेको छ।
संक्रमितको घरमा पुगेर नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनीहरूका परिवारसँग छलफल गरेको छ।
पछिल्लो समय सुनसरीको धरानमा प्रकोपको रूप लिइसकेको डेंगुका संक्रमित नगरमा धमाधम फेला पर्न थालेपछि नियन्त्रणमा कडाइका साथ अघि बढेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण