Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्थापना दिवसमा नेपाल स्वास्थ्यकर्मी संघले आयोजना गर्‍यो रक्तदान कार्यक्रम

स्थापना दिवसमा नेपाल स्वास्थ्यकर्मी संघले आयोजना गर्‍यो रक्तदान कार्यक्रम

भक्तपुर:  स्थापनाको २८ औं दिवसको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ भक्तपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले शुक्रबार आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसकी उपमहासचिव राधिका खनाल कुँइकेलले स्वास्थ्यकर्मी संघको महाधिवेशन शीघ्र गर्नुपर्नेमा जोड दिएकी थिइन । यसैगरी स्वास्थ्यकर्मी संघका सहअध्यक्ष ओम प्रसाद उपाध्यायले स्वास्थ्यको समायोजनलाई ब्यवस्थित बनाउनपर्नेमा जोड दिएका थिए । स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनसशल भएकाले यसलाई विशेष ढंगले हेरिनुपर्ने उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा स्वास्थ्यकर्मी संघ भक्तपुर जिल्लाका अध्यक्ष राजकुमार थापाले समायोजनले सबै स्वास्थ्यकर्मीलाई न्याय गर्न सक्नुपर्ने भन्दै मन्तब्य राखेका थिए । राजधानीमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार