स्वास्थ्यमा बजेट : चालू आवभन्दा १२ अर्बले बढी
काठमाडौं : आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४.४८ प्रतिशत हो।
चालू आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख बजेट छुट्याइएको थियो। अघिल्लोको तुलनामा अहिलेको बजेट करिब १२ अर्ब ३६ करोडले बढी हो।
कहाँ कति?
स्वास्थ्य बिमा योजना सञ्चालन गर्न ६ अर्ब विनियोजन गरिएको छ। विपन्न नागरिकलाई आठ प्रकारका जटिल र असाध्य रोगको निःशुल्क उपचारका लागि अनुदान वृद्धि गरी दुई अर्ब २० करोड रुपैयाँ पुर्याइएको छ।
गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्चका लागि दुई अर्ब २२ करोड छुट्याइएको छ। सरकारले बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ।
यसैगरी ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई थप प्रोत्साहन गर्न यातायात खर्च स्वरूप वार्षिक तीन हजार उपलब्ध गराउन १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
क्षयरोग, एड्स तथा यौनरोग र कुष्ठरोग नियन्त्रण कार्यक्रमका लागि एक अर्ब ८२ करोड रुपैयाँ छुट्याइएको छ भने स्थानीय तह, प्रदेश र विभिन्न संघ संस्थासँग स्वास्थ्य सेवाका कार्यक्रमहरू साझेदारीमा सञ्चालन गर्न एक अर्ब विनियोजन गरिएको छ।
आधारभूत स्वास्थ्य सेवा स्थानीय तहका सबै वडामा उपलब्ध गराउन स्थानीय तहको लागत सहभागितामा स्वास्थ्य संस्था निर्माण शुरु गर्न पाँच अर्ब छुट्याइएको छ।
निर्माणाधीन अस्पतालहरूको भवन निर्माण सम्पन्न गर्न पाँच अर्ब ५७ करोड रुपैयाँ र १५ शय्याको प्राथमिक अस्पताल स्तरोन्नति गर्न एक अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
सबै प्रदेशका कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत सेवा प्रदान गर्ने नीतिअनुरूप कोशी अस्पताल, भरतपुर अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, भेरी अञ्चल अस्पताल र डडेलधुरा उपक्षेत्रीय अस्पतालको स्तरोन्नति गर्न एक अर्ब विनियोजन गरिएको छ।
राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्न ४० करोड रकम छुट्याइएको छ।
भक्तपुरको दुवाकोटमा वीर अस्पतालको सेवा विस्तारका लागि अत्याधुनिक भवननिर्माण कार्य अघि बढाउन ४० करोड रुपैयाँ विनियोजन गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण