प्रदेश १ र सुदूरका बालबालिकामा बढी कुपाेषण
काठमाडाैं : पोषण नपुगेर शारीरिक रूपमा उचित वृद्धि विकास नभएका ख्याउटे बालबालिकाहरू सबैभन्दा धेरै प्रदेश एक र सुदूरपश्चिम प्रदेशमा रहेको एक तथ्यांकले देखाएको छ।
जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाको पोषण शाखाका अनुसार हाल प्रदेश १ का ११.८ प्रतिशत र सुदूरपश्चिम प्रदेश ९.३ प्रतिशत बालकालिकामा ख्याउटेपनको समस्या छ।
नेपालमा भिटामिन ‘ए’ को कमीले हुने रोग लागेका बिरामीहरू कम हुँदै गए पनि सूक्ष्म तत्त्वको कमीको अवस्थाले बालबालिकाको स्वास्थ्यमा उचित विकास हुन नसकेको पाइएको हो। आहिलेको अवस्थामा भिटामिन ‘ए’ कभरेज ९२ प्रतिशत छ भने जुकाको औषधिको कभरेज ८७ प्रतिशत पुर्याउन नेपाल सफल भएको छ।
नेपालमा अहिले ६–५९ महिनाका २८ प्रतिशत बालबालिकामा आइरन खनिजको कमी देखिएकाे छ र भने ११ प्रतिशत रक्तअल्पताबाट ग्रसित छन्। किशोरावस्थामा रहेका पुरुषमा रक्तअल्पता ११ प्रतिशत र महिलामा २१ प्रतिशत छ भने वयष्क गर्भवती महिलामा २७ प्रतिशत रहेको छ।
गर्भवती नभएका वयष्क महिलामध्ये २० प्रतिशतलाई रक्तअल्पता छ भने भौगोलिक हिसाबमा हेर्दा तराईमा रक्तअल्पता धेरै रहेको छ। त्यस्तै, बच्चामा जिंक तत्वको कमी २१ प्रतिशत र गर्भवती नभएको महिलामा २४ प्रतिशत रहेको बताइन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण