तीन वर्षदेखि बन्द काेठामा आईसीयू र एनआईसीयू मेसिन
दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आईसीयू र एनआईसीयू मेसिन तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन।
तीन वर्षअघि तत्कालीन मेसु डा. भोलाराम श्रेष्ठको पालामा टेण्डर मार्फत खरिद गरिएको एनआईसीयूका सामान बन्द कोठामा थन्किएका छन्।
दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालले बताएकाे छ।अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले न्यून जनशक्तिको भरमा आईसीयू, एनआईसीयू सेवा शुरु गर्न नसकेकाे बताए। ती सेवा सञ्चालन गर्न पेराइटिकको डाक्टरसँगै केही एनेस्थेटिक डाक्टर, आठ नर्स र चार सहयोगी आवश्यक पर्ने उनको भनाइ छ।
उनले सेवा सञ्चालनका लागि पटक–पटक स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारमा पहल गरे पनि सुनुवाइ नभएको बताए।
केही मेसिनलाई नियमित ब्याट्री चार्ज गर्नुपर्ने भए पनि प्रयोगविहीन भएकाले खासै चार्ज नहुने र मेसिन बिग्रिने अवस्थामा आउने स्टोरप्रमुख राज श्रेष्ठले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण