प्रदेश ३ मा भेटिए औलोका २६ जना संक्रमित
हेटाैँडा : प्रदेश ३ का १३ जिल्लामा औलोका २६ जना संक्रमित व्यक्ति फेला परेका छन्। विश्व औलो दिवसको स्वास्थ्य निर्देशनालय हेटौँडाले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।
कार्यक्रममा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत चन्द्रेश्वर झाले आर्थिक वर्ष ०७४\७५ मा सबैभन्दा बढी चितवनमा १४ र सबैभन्दा कम काठमाडौंमा एक जना संक्रमित फेला परेको जानकारी दिए। त्यसैगरी, सिन्धुलीमा ५, काभ्रे र मकवानपुरमा ३\३ जना औलोका बिरामी फेला परेको जनाइएको छ। आव ०७४\७५ मा एक हजार एक सय ८७ बिरामी फेला परेकोमा सबैभन्दा कम प्रदेश १ मा २४ र सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५८६ छन्। प्रदेश नम्बर २ मा ६६, गण्डकी प्रदेशमा ३६, प्रदेश५ मा २३९ र कर्णाली प्रदेशमा २१० बिरामी फेला परेको बताइएको छ।
नेपालमा औलो रोगको उच्च जोखिममा रहेको जनसंख्या २ लाख १७ हजार ७०६ र मध्यम जोखिममा रहेको जनसंख्या ९ लाख २७ हजार ४१४ रहेको छ। देशभरमा ४९ वटा वडा उच्च जोखिममा, १५३ वडा मध्यम जोखिम र २० वटा वडा उच्च जोखिममा रहेको स्वास्थ्य निर्देशनालय हेटौंडाका निमित्त प्रमुख तुलाराम अधिकारीले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण