मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले पाए ‘उत्कृष्ट आर्टिकल अवार्ड’
काठमाडौं : मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल उत्कृष्ट आर्टिकल अवार्ड २०१८ बाट सम्मानित भएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको जर्नलमा एक वर्षमा प्रकाशित हुने आर्टिकल मध्ये डा मूर्तिको आर्टिकल उत्कृष्ट बन्न सफल भएको हो । शुक्रबार स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन समापन कार्यक्रममा उनलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अवार्ड प्रदान गरे ।
उक्त अवार्डको नाम ‘जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट आर्टिकल अवार्ड २०१८ रहेको छ । डा. मूर्तिले अवार्डले आगामी दिनमा अझ अनुसन्धानमूलक लेखहरु लेख्न आफूलाई जिम्मेवार बनाएको संक्षिप्त प्रतिक्रिया दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण