सरकारी चिकित्सकको समायोजनको विषयलाई लिएर नेपाल चिकित्सक संघले बोलायो भेला
काठमाडाैं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सकहरुको समायोजनका विषयलाई लिएर छलफलका लागि भन्दै भेला बोलाएको छ ।
संघले बुधबार बिहान केही चिकित्सकमाथि वीर अस्पतालमा धरपकड भए लगत्तै प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सरकारी, गैरसरकारी ,निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, नागरिक समाजका प्रतिनिधि, चिकित्सा पेशासँग सम्बन्धितलाई छलफलका लागि बोलाएको हाे ।
संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा बिहीबार दिउँसो २ बजे चिकित्सक संघको कार्यालय प्रर्दशनी मार्गमा छलफल राखिएको उल्लेख छ । विज्ञप्तिमा वीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले गरेको विरोध कार्यक्रममा आज प्रहरीद्वारा चिकित्सकहरुमाथी गरिएको धरपकडप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको उल्लेख गरिएको छ ।
कर्मचारी समायोजनप्रति असन्तुष्टि राख्दै सरकारी चिकित्सक संघले शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकका सेवा समेत ठप्प पारेको एकसातापछि बल्ल नेपाल चिकित्सक संघले छलफल थालेको हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’