Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन काठमाडाैंमा सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौं शिखर सम्मेलन काठमाडाैंमा सुरु

काठमाडौं:  ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको पाँचौ शिखर सम्मेलन बुधबारबाट काठमाडौंमा सुरु भएको छ।

तीन दिनसम्म चल्ने सम्मलेनको आयोजना नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको हो । सम्मेलनको औपचारिक उदघाटन्  बिहिबार हुने भए पनि बुधबारदेखि नै प्रि कन्फ्रेन्सको रुपमा विभिन्न विषयका प्रस्तुतीहरु भएका छन्।

बुधबार सम्मेलनको पहिलो सेसनको अध्यक्षता गरेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन अनुसन्धान अत्यन्त जरुरी रहेको बताइन्।

पहिलो सेसनमा संघीय संरचनामा स्वास्थ्य, नेपालमा रोगको भार, स्वास्थ्यका सूचक, स्वास्थ्य बीमा लगायतका विषयमा छलफल भएको थियो । दोस्रो सेसनको अध्यक्षता भने स्वास्थ्य मन्त्रालयकै प्रशासन तर्फका सचिव चन्द्र कुमार घिमिरेले गरेका थिए ।

सम्मेलनमा विभिन्न अनुसन्धानकर्ताहरुले १ सय ३७ वटा विषयमा अनुसन्धान प्रस्तुत गर्ने छन्। ती अनुसन्धान मध्ये १ सय ४ वटाको पोस्टर प्रस्तुतीकरण र ३३ वटाको मौखिक प्रस्तुतीकरण हुनेछ। यसका साथै १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने परिषदका अध्यक्ष प्रा डा अन्जनी कुमार झाले बताए ।

सम्मेलनमा उत्कृष्ट वैज्ञानिकहरुलाई विभिन्न विधामा अवार्डद्धारा सम्मानित गरिने पनि आयोजकको भनाई छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार