Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन शुरु हुँदै

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन शुरु हुँदै

 काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको पाँचौँ शिखर सम्मेलन चैत २७ गतेदेखि शुरु हुँदैछ।

तीन दिन चल्ने सम्मेलनको नारा ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा हुन लागेको सम्मेलनमा नेपाल र विदेशका गरी एक हजार भन्दा बढी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सहभागी हुने  परिषदका कार्यकारी अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले बताए। ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूका लागि छलफल र अनुसन्धानका बारेमा अनुभव साटासाट गर्ने ठूलो प्लेटफर्म हो सम्मेलन’, उनले भने।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूले १३७ अनुसन्धान प्रस्तुत गर्नेछन्। तीमध्ये ३३ वटाको मौखिक प्रस्तुतिकरण र १०४ वटाको पोस्टर प्रस्तुतिकरण हुने डा. झाले बताए। यसका साथै १० वटा आमन्त्रित प्रस्तुतिकरण समेत रहेको जनाइएको छ।

सम्मेलनबारे जानकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कुनै पनि नीति बनाउने बेलामा अनुसन्धान आवश्यक पर्ने भन्दै के कति बजेट चाहिने र के कस्ता कार्यक्रम ल्याउने भन्नेमा पनि अनुसन्धानले सहयोग गर्ने बताए। कार्यक्रममा परिषदले यो वर्ष गरेका महत्त्वपूर्ण केही अनुसन्धान समेत सार्वजनिक गरेको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार