यूएनएफपीएद्वारा बारा र पर्साका महिला तथा किशोरीलाई ‘डिग्निटी किट्स’ वितरण
काठमाडौं : संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले हावाहुरीबाट प्रभावित बारा र पर्साका महिला तथा किशोरीका लागि ‘डिग्निटी किट्स’ वितरण गरेको छ।
हावाहुरी प्रभावित स्थानमा पुगी यूएनएफपीएका प्रतिनिधिहरूले डिग्निटी किट्स वितरण गरेका हुन्। विपदका वेला महिला र किशोरीको स्वास्थ्यमा आउनसक्ने चुनाैतीलाई दृष्टिगत गरी डिग्निटी किट्स प्रदान गरिएको बताइएको छ।
डिग्निटी किट्समा महिला तथा किशोरीकाे स्रवास्थ्य रक्षा गर्नआवश्यक सामग्री रुमाल, स्यानिटरी प्याड, पेन्टी, चप्पल, टुथपेस्ट, ब्रस, काइँयाे, साबुन, बाल्टिन र जगलगायत सामग्री हुन्छन्।

गत आइतबार रातिको हावाहुरीले निम्त्याएको विनाशपछिस्वास्थ्य सचेतनास्वरूप यूएनएफपीएले महिला तथा किशोरीलाई यी सामग्री वितरण गरेको हो।
युएनएफपीए र यसका साझेदार संस्थाहरूले नेपालमा लैंगिक हिंसा रोकथाम र महिलाकाे प्रजनन स्वास्थ्य रक्षाकाे क्षेत्रमा काम गरिरहेका छ्न्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण