चितवनमा रगत अभाव
चितवन : जिल्लामा रगतको अभाव देखिएको छ। क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार मौसममा आएको परिवर्तन, एसइई परीक्षा, कलेजमा हुने वार्षिक परीक्षालगायतका कारण रगतको अभाव देखिएको हो।
जिल्लामा दैनिक करिब १०० युनिट रगतको माग भए पनि पूर्ति गर्न नसकिएको केन्द्रका प्रमुख रमेशकान्त पौडेलले जानकारी दिए। दैनिकरूपमा सरदर ५०\६० युनिट मात्र रगत सङ्कलन भएको उनले बताए। यो समयमा अस्पतालमा बिरामीको चाप बढ्ने हुँदा रगतको माग बढी हुन्छ भने रक्तदान कम हुन्छ। केन्द्रसँग समन्वय गरेर जिल्लाका ३०० भन्दा बढी संघ संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएका छन्।
केन्द्रले नवलपरासी, मकवानपुर, रौतहट, सर्लाही, धादिङ, गोरखा, तनहुँ र लम्जुङ पुगेर रेडक्रससँग समन्वय गरी रगत सङ्कलन गर्छ। रगतको अभाव भएपछि अति आवश्यक पर्नेहरुले आफैँले रक्तदाता खोजेर रगत पूर्ति गरिरहेका छन् भने स्वयंसेवकले समेत सहयोग गरिरहेको केन्द्रले जनाएको छ।
जिल्लामा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगत आवश्यक पर्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण माग बढ्दो छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’