Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्स लिन्छन् मनपरी भाडा

एम्बुलेन्स लिन्छन् मनपरी भाडा

खलङ्गा : स्थानीय बासिन्दाले जुम्लाको पातारासी गाउँपालिकाको एम्बुलेन्सले मनपरी भाडा लिने गरेको गुनासो गरेका छन्।

गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरूले गुनासो गरेका हुन्। एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छे फरकफरक भाडा लिएको स्थानीय दिजराज रेउलेले बताए।

‘अस्पताल पुगेपछि कति भाडा दिएका थियौ भनी मैले मेरा गाउँका शुकबहादुर रावतलाई सोधेँ’,उनले भने, ‘ उनले एक हजार ५०० रुपैयाँ दिएको बताए, मैले दुई हजार तिरेँ।’ जनताको सेवाका लागि ल्याइएको एम्बुलेन्सले एकै ठाउँबाट फरकफरक भाडा असुल्दा यहाँका स्थानीयवासी मारमा परेको रेउलेले बताए।

भाडामा एकरूपता कायम गर्न गाउँपालिकालाई आग्रह गरेका छन्। गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले ठाउँअनुसारको निश्चित भाडा तोकिएको बताए। तोकिएभन्दा बढी भाडा असुलेको पाएमा  कारवाही गर्ने उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार