Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीले हावाहुरी प्रभावित क्षेत्रमा पुगी घाइतेलाई भेटे

प्रधानमन्त्री ओलीले हावाहुरी प्रभावित क्षेत्रमा पुगी घाइतेलाई भेटे

काठमाडौं: हावाहुरी प्रभावित क्षेत्रमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते र परिवारलाई भेटेका छन्। उनले उपचारमा कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले हावाहुरी प्रभावित बारा पुगी घाइतेलाई भेटेका हुन्।  आइतबार गएको हावाहुरीले गरेको क्षतिको बारेमा जानकारी लिन प्रधानमन्त्री सहितको टोली बारा पुगेको हो।

यता हावाहुरीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र घाइतेको उपचार सहज रुपमा गर्न प्राथमिकताका साथ काम गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता महेन्द्र श्रेष्ठले बताए ।

यसैगरी क्षतिका बारेमा स्थलगत रुपमा जानकारी लिन स्वास्थ्य राज्यमन्त्री डा सुुरेन्द्र यादव, सचिव चन्द्रकुमार घिमिरे, विभागका महानिर्देशक डा गुणराज लोहनी, इपिडिमियोलोजी तथा राेग  नियन्त्रण महाशाखाका  निर्देशक डा विवेकलाल कर्ण लगायतका उच्च पदाधिकारीहरु घटनास्थल पुगिसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार