हावाहुरी प्रभावित क्षेत्रमा राेग फैलिन नदिन विशेष पहल गरिरहेका छाैँ : प्रवक्ता
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्साकाे हावाहुरी प्रभावित क्षेत्रमा राेग फैलिन नदिन विशेष सतर्कता अपनाएकाे बताएको छ।
संक्रमण फैलिन नदिने पहलस्वरूप इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णलगायत विशेषज्ञ टोली प्रभावित क्षेत्रमा गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए।
घटनास्थलमा संक्रमण फैलिन नदिन, पीडितका लागि स्वस्थ खाना र पानीको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयसँग समेत सहकार्य गरिरहेको उनले बताए। मन्त्रालयका सचिव चन्द्र घिमिरे सहितको टोली घटनास्थलमा पुगिसकेको श्रेष्ठले जानकारी दिए।
घाइतेहरूकाे स्थानीय नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज, तराई अस्पताल वीरगञ्ज, कलैया अस्पताल, एडभान्स अस्पताल, गण्डकी अस्पताल, वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ। यसैगरी ६ जनाकाे उपचार काठमाडाैं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भइरहेकाे छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’