हावाहुरी प्रभावित क्षेत्रमा सेना र प्रहरीले गरे रक्तदान
काठमाडौं : हावाहुरीका कारण घाइतेहरूको संख्या बढेसँगै रगत अभाव भएपछि बारा र पर्सामा सेना र प्रहरीले रक्तदान गरेका छन्।
बारा र पर्साका रक्तसञ्चार केन्द्रमा सेना र प्रहरीका जवानहरूले मध्यरातदेखि नै रक्तदान गर्न थालेका थिए। यसैगरी सेना र प्रहरीकाे टाेली रातभर प्रभावित क्षेत्रमा घाइतेको उद्धारमा खटिएकाे थियाे।
आइतबार रातिकाे हावाहुरीका कारण बारा र पर्सामा ३६ जनाकाे मृत्यु भएकाे छ भने सयाैँ घाइते भएका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’