Health TV Online
Health TV Online
Health TV Online

जाडाेमा अपनाउनुपर्ने सावधानी

जाडाेमा अपनाउनुपर्ने सावधानी

पानी प्रशस्त पिउने

शरीरमा पानीको मात्र प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ।

वार्मअप गर्ने

शारीरिक व्यायाम शुरु गर्नुअघि ५–१० मिनेट शरीरलाई सक्रिय बनाउने अनि मात्र व्यायाम शुरु गर्ने।

हिँडाइको गति कम गर्ने

चिसोमा मुटुको जोखिम घटाउन हिडाइको गति कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित हुन्छ।

चिसो हावा र पानी परेको वेलामा

यस्तो वेलामा घर बाहिर व्यायाम गर्न निस्किनु हुँदैन।

मदिरा र चुरोट सेवन

जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग गर्नु हुँदैन।

धेरै चिल्लो खाना

जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी वा भोजको वेलामा सतर्क हुनुपर्छ।

सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण

जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियनत्रण गर्न जरुरी छ।

चिसोमा हिँड्दा छाती दुख्नु

मुटुरोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ।

नियमित औषधिको प्रयोग

मुटुरोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नियमित खानुपर्छ।

व्यायामको वेला चिसोबाट सुरक्षा

यसका लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिँड्नुपर्छ।

डा.अनिलकाे फेसबुकबाट

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?