माेटाेपना घटाउन प्रभावकारी ‘स्वस्थ जीवनशैली’ कार्यक्रम

अव्यवस्थित जीवनशैली र खानपानका कारण अचेल मानिसको शरीरमा विभिन्न किसिमका रोगहरू बढिरहेका छन्। दीर्घकालीन वा नसर्ने रोगहरू बढ्दै गर्दा मानिसहरू लामो मानसिक र शारीरिक पीडाबाट गुज्रिन बाध्य छन्।
नेपाली समाजमा मोटो मानिसलाई स्वस्थ र बलियो हुन्छ भन्ने ठानिन्छ। मोटो भइयो भने निरोगी भइन्छ भन्ने सोचले जरा गाडेको छ। मोटोपना समस्या होइन भन्नेहरूको संख्या हाम्रो समाजमा धेरै छ। तर तथ्य के हो भने यही मोटोपनाकै कारण मानिसहरूमा दीर्घरोग निकै बढेको छ। रक्तचापदेखि मधुमेह, कोलेस्ट्रोल, बाथ र क्यान्सरसम्मका रोग यसकै कारण लाग्छ। माेटाेपना सबै राेगकाे कारक बन्न पुगेकाे छ ।
मोटोपना घटाउन शरीरलाई ठिक अवस्थामा ल्याउन काठमाडौंमा रहेको मेट्रो काठमाडौं अस्पातलले ‘स्वस्थ जीवनशैली’ नामक कार्यक्रम लिएर आएको छ। यो कार्यक्रममा डाक्टर, नर्स ,डाइटिसियन, फिजियोथेरापिस्ट र मनोचिकित्सकको समूहले काम गर्छन्।
नेपाली समाजमा मोटो मानिसलाई स्वस्थ र बलियो हुन्छ भन्ने ठानिन्छ। मोटो भइयो भने निरोगी भइन्छ भन्ने सोचले जरा गाडेको छ। मोटोपना समस्या होइन भन्नेहरूको संख्या हाम्रो समाजमा धेरै छ। तर तथ्य के हो भने यही मोटोपनाकै कारण मानिसहरूमा दीर्घरोग निकै बढेको छ।
‘वेट लस’ कार्यक्रमलाई तीन भागमा विभाजन गरिएको छ। दैनिक, साप्ताहिक र मासिक प्याकेज। दैनिक प्याकेजअन्तर्गत सेवाग्राही दैनिक यहाँ आएर हाम्रो सल्लाहबमोजिम व्यायाम, खानपान र औषधि सेवन गर्छन्। जो व्यक्ति दीर्घरोगको औषधि प्रयोग गरिरहेका छन्, तिनलाई दैनिक प्याकेजले राम्रो परिणाम दिइरहेको छ। यस कार्यक्रममा विशेष गरी खाना र व्यायामलाई फोकस गरिन्छ । बिरामीलाई राम्रो फाइदा पनि भइरहेको छ । कतिपयलाई औषधि समेत कम गराउन सकिएको छ ।
कामको सिलसिलामा व्यस्त रहनेहरूलाई साप्ताहिक प्याकेजअन्तर्गत हामी हप्ताभरि गर्नुपर्ने काम सिकाउँछौँ। काठमाडौंबाट टाढा रहेकाहरूका लागि मासिक प्याकेज दिइन्छ। महिनाभर उनीहरूलाई दिइएको निर्देशन ठिकसँग पालना गर्दा राम्राे परिणाम आइरहेको छ।
हामीले प्राकृतिक रूपमा उपचार गर्छौँ। यो विधिले उपचार गर्दा तीन महिनामा कम्तीमा १० देखि १४ केजी तौल घटेको पाइएको छ। हामीले सञ्चालन गरेको ९० दिनको प्याकेजमा सहभागी भएर स्वस्थ जीवन प्राप्त गरेकाहरू दीर्घकालसम्म औषधि प्रयोग गरिरहनुपर्ने झञ्झटबाट समेत बचेका छन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा