हेड एण्ड नेक क्यान्सर हुने कारण र निदान

नसर्ने रोगमध्ये क्यान्सरले विश्वभर भयावह रूप लिएको छ। मानिसको जीवनशैली परिवर्तन, धूमपान–मद्यपान तथा प्रदूषणका कारण क्यान्सर दिनप्रतिदिन बढ्ने क्रममा छ। शरीरमा हुने थुप्रै क्यान्समध्ये हेड एण्ड नेक क्यान्सर बढ्दो क्रममा छ ।
नेपालमा हुने क्यान्सरमध्ये हेड एण्ड नेक क्यान्सर चौथो नम्बरमा पर्छ। यो क्यान्सर सुर्तीजन्य पर्दाथ सेवन र मद्यपान गर्ने विशेषगरी ४० वर्ष पार गरेका मानिसलाई लाग्छ।
नेपालमा सन् १९९० देखि २०१० सम्म यो रोग छैटौँ स्थानमा पर्थ्याे। २०१० देखि चौथौ स्थानमा आइपुगेको छ। यो क्यान्सर अल्कोहल, सुर्तीजन्य पदार्थ, गुटका, पानको सेवनले हुन्छ। यो क्यान्सरको कारक ‘ह्युमन प्यापिलो’ भाइरस हो।
घाँटीमा घाउ आउनु, गाँठोे आउनु, औषधिले निको नहुनु, लामो समयदेखि ‘पेन’ हुनु, खाना खान गाह्रोे हुनु, नाकबाट रगत आउनु ज्रिबोमा घाउ हुुनुलगायत यो रोगका प्रमुख लक्षण हुन्।
यो रोगका उपचार नेपालमै सम्भव छ। यसको पहिलो चरणको उपचार भनेको शल्यक्रिया नै हो। सरकारी वीर अस्पताल र निजी क्षेत्रको नर्भिक अस्पतालमा यसको उपचार हुन्छ। शल्यक्रियाले नहुने ‘केस’मा रेडियोथेरापी र ‘किमो’ गरिन्छ।
यो रोगबाट बच्न जीवनशैली व्यवस्थापनमा ध्यान दिनुपर्छ। मद्यपान र धूमपान गर्नुहुँदैन। खैनी, गुटकाजस्ता सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन। जो चुरोट र रक्सी दुवै सेवन गर्नेलाई यो रोगको सम्भावना १० देखि १४ गुना बढी हुन्छ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा २७ जुलाइमा विश्वभर नै हेड एण्ड निक क्यान्सर दिवस मनाइन्छ ।
डा श्रेष्ठ थापाथलीस्थित नर्भिक अस्पतालमा कार्यरत छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा