‘नेपालमा युवा उमेरमै मुटुरोग डरलाग्दो रुपमा बढिरहेको छ’
डा ज्योतीन्द्र शर्मा, मुटुरोग विशेषज्ञ
मुटुरोग नसर्ने रोगहरुमध्ये असाध्यै जटिल र खर्चिलो रोगमध्ये पर्छ । नेपालमा मुटुरोगीको संख्या दिनप्रतिदिन बढ्दो छ । पहिले पहिले सामान्यतया मुटुरोग र त्यसमा पनि ह्दयाघात भनेको बढी उमेर भएका व्यक्तिमा हुने हो भनेर बुझिन्थ्यो । तर अहिले आएर युवाहरुमा ह्दयघात बढी देखिन थालेको छ । यो असाध्यै डरलाग्दो अवस्था हो । पहिले पहिले बालबालिकामा हुने केही मुटुरोगहरु बढी थिए भने अहिले रगतको नली ब्लक भएर हुने रोग जसले ह्दयघात गराउँछ, बढिरहेको पाइन्छ । याे रोग मुख्यत: जीवनशैलीसँग सम्बन्धित छ । अस्वस्थ जीवनशैली र अव्यवस्थित खानपानका कारण पछिल्लो समय धेरैजसो मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ र यो राेग मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ।
युवाहरुमा मुटुरोग बढ्नुमा केही मुख्य कारणहरु यसप्रकार रहेका छन्। बढ्दो शहरीकरणसँगै नेपालमा यातायात, बाटोघाटो सबैतिर पुगेको छ । जसले गर्दा मानिसहरु हिंडडुल गर्न खोज्दैनन अर्को कुरा बाहिरको फास्टफड खाने, नाइट लाइफ ‘इन्ज्यो’ गर्ने युवाहरु बढी छन। त्यसमा चुरोटको सेवन र अत्यधिक मदिराको सेवन पनि बढ्दो छ । जुन मुटुका लागि शत्रु नै मानिन्छ । यसैगरी पारिवारीक र व्यावसायिक तनाव त छँदैछ । प्रतिष्पर्धा र भागदौडको जीवन छ, काम गर्ने नाममा आफनो शरीरको ख्याल गर्न नसक्दा यसले युवामा मुटु रोग लगायतका अन्य रोग निम्त्याइरहेको पाइन्छ । जुन ढंगले रोग बढिरहेको छ युवा उमेरमा हुने हृदयाघात घटाउन कुनै पहल गरिएन भने अबको केही वर्षमा यसले विकराल रूप लिन सक्ने पक्कापक्की नै छ ।
विशेषगरी मोटोपनका समस्या भएका, मधुमेह रोग भएका, उच्च रक्तचापको समस्या भएका, र अत्यधिक तनावको जीवन जिइरहेका मानिसमा यो समस्या बढी देखिन थालेको छ । यो विषयबारे बेलैमा बहस हुन जरुरी छ र समयमै रोकथामका कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । नेपालमा अहिले मुटुरोगको सम्पूर्ण उपचार सम्भव छ । यसका लागि अन्य देश गइरहन पर्दैन्। अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सेवा यहीं हुन्छ । एकपटक हृदयघात भएपछि यसको उपचार मंहगो छ। शल्यक्रियाका लागि सरकारबाट ठूलो सहयोग त छ तर पनि बिरामीले जिन्दगीभर औषधि खानुपर्ने हुन्छ जुन आफैले किन्नुपर्छ। त्यसैले यो खर्चिलो र झन्झटिलो रोग हो । अर्को कुरा सरकारले मुटुरोगीका लागि आर्थिक सहुलियतहरु त ल्यायो यसले बिरामीलाई तत्कालका लागि केही राहत त होला । तर कहिलेसम्म महिना – महिनामा पैसा बाँडेर सकिन्छ । यो व्यवहारिक हुन्छ र सरकारले धान्न सक्छ जस्तो लाग्दैन । सरकारले रोग लागेपछि पैसा बाँड्ने भन्दा पनि मुटुरोग लाग्नै नदिनका लागि रोकथामका कार्यक्रमहरु ल्याएर जनचेतना जगाएर रोग लाग्नै नदिन प्रयास गर्न जरुरी भइसकेको छ ।
मुटुरोग विभिन्न किसिमका हुन्छन्। जन्मँदै मुटुरोग लिएर आउने नेपाली बालबालिकाको संख्या धेरै छ । त्यसपछि बाथ मुटुरोग बालबालिकामा देखिने अर्को समस्या हो । कतिकाे मुटुकाे भल्भ नै काम नलाग्ने हुन्छ । अर्कोतिर मुटुको रगत नली बन्द भएर हुने कोरोनरी हार्ट डिजिज जुन अहिले बढ्दो छ । यसलाई पहिले अलि बढी उमेरपछि लाग्ने रोग भनेर चिनिन्थ्यो । तर अहिले सबैभन्दा बढी अस्पतालहरुको तथ्यांक हेर्दा यही नै देखिन्छ । रगतको नली साघुँरो वा बन्द भएपछि ह्दयघात गराउने गर्छ । जुन अहिले पाको उमेरमा मात्र हैन् युवा उमेरमा पनि डरलाग्दो रुपमा देखिन थालेको छ । केही वर्ष यता नेपालमा हृदयाघातको समस्या युवामा देखिने मात्र हैन् यसले युवा उमेरका मानिसको ज्यान पनि लिन थालेको छ ।
विशेषगरी मोटोपनका समस्या भएका, मधुमेह रोग भएका, उच्च रक्तचापको समस्या भएका, र अत्यधिक तनावको जीवन जिइरहेका मानिसमा यो समस्या बढी देखिन थालेको छ । यो विषयबारे बेलैमा बहस हुन जरुरी छ र समयमै रोकथामका कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । नेपालमा अहिले मुटुरोगको सम्पूर्ण उपचार सम्भव छ । यसका लागि अन्य देश गइरहन पर्दैन्। अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सेवा यहीं हुन्छ । एकपटक हृदयघात भएपछि यसको उपचार मंहगो छ। शल्यक्रियाका लागि सरकारबाट ठूलो सहयोग त छ तर पनि बिरामीले जिन्दगीभर औषधि खानुपर्ने हुन्छ जुन आफैले किन्नुपर्छ। त्यसैले यो खर्चिलो र झन्झटिलो रोग हो । अर्को कुरा सरकारले मुटुरोगीका लागि आर्थिक सहुलियतहरु त ल्यायो यसले बिरामीलाई तत्कालका लागि केही राहत त होला । तर कहिलेसम्म महिना – महिनामा पैसा बाँडेर सकिन्छ । यो व्यवहारिक हुन्छ र सरकारले धान्न सक्छ जस्तो लाग्दैन । सरकारले रोग लागेपछि पैसा बाँड्ने भन्दा पनि मुटुरोग लाग्नै नदिनका लागि रोकथामका कार्यक्रमहरु ल्याएर जनचेतना जगाएर रोग लाग्नै नदिन प्रयास गर्न जरुरी भइसकेको छ ।
हरेक व्यक्तिले आफ्नो मुटु कस्तो अवस्थामा छ भनेर कम्तीमा वर्षमा एक पटक मुटुको अवस्था जाँच गर्नपर्छ । जाँचपछि मुटु कस्ताे अवस्थामा छ भन्ने थाहा पाउन सकिन्छ र उपचार छिटाे हुन्छ । रक्तचाप, सुगर लेबल, कोलेस्टेरोल जाँच गर्ने र पेटको गोलाई र मोटोपनबारे जानकारी लिनुपर्छ । यसका साथै नियमित व्यायाम गर्ने, बाहिरकाे खाना कम खाने, नुन -चिल्लो र चिनी कम खाने, तनाव नलिने, चुरोट नखाने र मोटोपन नियन्त्रणमा राख्ने काम आफैंले गर्न सकियो भने धेरै हदसम्म युवा उमेरमै हुने मुटुरोगबाट बच्न सकिन्छ ।
(मुटुरोग विशेषज्ञ डा शर्मा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन्।)
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ