भान्सामा नगर्नुस् यस्ता गल्ती, जसले खाना अस्वस्थकर बनाओस्

स्वस्थ रहन खानेकुरा स्वस्थ्यकर हुनुपर्छ। तर, हामीले भान्सामा गर्ने केही गल्तीले खाना अस्वस्थ्यकर बन्छ। त्यसैले ती गल्ती सुधारेर खानालाई स्वस्थ बनाउन जरुरी छ।
धेरैजसोले तरकारी पकाउने क्रममा तेलबाट धूँवा निकाल्छन्। तेललाई धेरै तताउनु हानिकारक हुन्छ। बढी तताउँदा तेलमा रहेको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ। त्यसैले कडा आगोमा तेल तताउनु हुँदैन। एकपटक खानेकुरा पकाएर बाँकी रहेको तेललाई दोस्रोपटक प्रयोग गर्नु हुँदैन।
काँचो र पाकेको मासुलाई एउटै भाँडामा राख्नु हानिकारक हुन्छ। विशेषगरी मासु वा माछालाई पकाउनुअघि जुन प्लेटमा राखिएको हुन्छ, पकाइसकेपछि त्यही प्लेट प्रयोग गरिन्छ। किनभने काँचो मासुमा ब्याक्टेरिया हुनसक्छ। त्यो सजिलै पकाएको मासुमा सर्न सक्छ। जुन प्लेटमा काँचो मासु राखिएको छ, त्यसलाई दोस्रो पटक प्रयोग गर्दा राम्ररी माझेर प्रयोग गर्दा यस्ता समस्याबाट मुक्ति पाइन्छ।
हामी खानालाई पूर्णरूपमा चिसो भइसकेपछि मात्र फ्रिजमा राख्छौँ। यदि कुनै पनि खाना दुई घण्टाभन्दा बढी बाहिर राखियो भने त्यसमा ब्याक्टेरिया उत्पन्न हुन्छ। त्यसैले खाना दुई घण्टाअघि नै फ्रिजमा राख्ने गर्नुपर्छ।
कडा आगोमा ननस्टिक प्यान राख्नाले त्यसमाथि लगाएको कोटिङबाट परफ्लूरो कार्बन धुँवा बनेर निस्कन्छ। यसले शरीरलाई हानिपुर्याउँछ। त्यसैले प्यान धेरैबेर तताउनु हुँदैन।
खानालाई धेरैबेर चलाइरहने बानी पनि राम्रो होइन। मीठो, स्वादिलो बनाउने भन्दै हामी खानालाई धेरै चलाउँछौँ। धेरैबेर घोल्दा त्यसमा उत्पन्न हुने तत्त्वले पाचनतन्त्रमा गडबडी गर्छ। त्यसैले खानेकुरा आवश्यक्तभन्दा बढी नचलाउने र धिमा आगोमा पकाउने गर्नुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा