मिर्गौला कसरी स्वस्थ राख्ने ?

मिर्गौला हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसलाई स्वस्थ राख्नका लागि केही स्वस्थकर आनीबानीहरु अपनाउनुपर्ने हुन्छ । मिर्गौला एकपटक फेल भइसकेपछि कि त जीवनभर डायलाइसिस र कि त प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई रोग लाग्नबाट बचाउन यी उपायहरु अपनाउन जरुरी छ ।
-नियमित व्यायाम गर्ने
– एक दिनमा कम्तीमा १० हजार पाइला हिंड्ने
– सुर्तीजन्य पदार्थ तथा मद्यपान नगर्ने
– दुखाइ कम गर्ने औषधी जथाभावी प्रयोग नगर्ने
-उचाई अनुसारको तौल कायम राख्ने
– चिनी तथा नुनको प्रयोग कम गर्ने
– रक्तचाप ठीक राख्ने
– वर्षमा एकपटक पिसाबका प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच गर्ने
– पानी प्रसस्त पिउने
डा ऋषि कुमार काफ्ले
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्