क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी?

स्तनमा गिर्खा वा गाँठागुठीको समयमै पत्ता लगाउन आफैँले स्तनको परीक्षण गर्ने तरिकाबारे जानकारी लिनुहोस् र सिक्नुहोस्। म्यामोग्राफीबारे चिकित्सकसँग सल्लाह लिनुहोस्।
महिलाले ३० वर्षको उमेरदेखि नै नियमित रुपमा ‘प्याप स्मेयर’ परिक्षण गराएमा पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ।
सुर्तीजन्य पदार्थको सेवन र धूमपान नगर्ने। यसले क्यान्सर मात्र नभई अन्य विभिन्न रोग लाग्ने जोखिम पनि कम गर्छ।
सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने।
प्रसस्त मात्रामा फलफूल, सागसब्जी र दुधबाट उत्पादित चिल्लो कम भएका सामग्रीको उपभोग गर्ने।
स्वस्थ रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने।
यदि शंकास्पद लक्षण देखिएमा वा परिवारमा कोही व्यक्तिलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस्।
चिकित्सकको सल्लाह लिएर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाउनुहोस्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा