शरीर स्वस्थ राख्न जाडाेमा खिचडी

माघे संक्रान्ति भन्नेबित्तिकै घिउ, चाकु, तरूल र तिलको लड्डुसँगै आउने अर्को खानेकुरा हो, खिचडी। चामल, दाल र घिउकाे मेलबाट खिचडी बन्छ। आवश्यक मात्राकाे अदुवा, बेसार र नुनले यसमा अझ स्वाद थप्छन्। रूचिअनुसार सागपात पनि मिसाउन सकिन्छ।
खिचडी अरूवेला वा विशेषगरी जाडाेमा खान सकिन्छ। जुनसुकै उमेर र तहका व्यक्तिले सजिलै खानसक्ने र पचाउनसक्छन्।
खिचडी एक पूर्ण आहार हो जसमा पोषक तत्वको सन्तुलिन मात्रा मिल्छ। यसले प्रचूर मात्रामा कार्बोहाइड्रेट्स, प्रोटिन, फाइबर, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम प्रदान गर्छ।
खिचडी पेट र आन्द्राको लागि धेरै लाभदायक खाद्यपदार्थ हो। किनभने यसलाई पचाउनमा शरीरको पाचनप्रणालीलाई धेरै मेहनत पर्दैन र सजिलैसँग शरीरलाई पोषकतत्त्व मिल्छ ।
आयुर्वेदका अनुसार खिचडी एक सम्पूर्ण र अत्यावश्यक आहार हो। यसमा हाम्रो शरीरको त्रिदोष वायु, पित्त र कफलाई नियन्त्रण गर्ने क्षमता हुन्छ।
यसको सेवनले शरीरको विषाक्त पदार्थहलाई बाहिर निकाल्छ र शरीर स्वस्थ बनाउँछ। यसले मानव शरीरको उर्जा, रोग प्रतिरोधक क्षमता र पाचनक्रियालाई पनि राम्रो बनाउँछ। खिचडी सेवनले ग्लुटेनको कारणले हुने अपचको समस्या झेल्नुपर्दैन।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्