तपार्इँले सेलराेटी पकाउने तेल कति स्वस्थकर?

तिहारको प्रमुख खानेकाुरा सेल अनरसाजस्ता तेलमा पकाइने मिठाइ। दाजुभाइको दीघार्युको कामना गर्दै टीका लगाएर दिने सगुनमध्ये सेल अनरसाजस्ता खानेकुरा पर्छन्। लक्ष्मीपूजाका दिन देवीलाई चढाउन र दाजुभाइलाई सगुन दिन मात्र नभई तिहारकै विशेष परिकारको रूपमा सेलरोटीको महत्त्व छ। यति महत्त्वको परिकार बनाउन कस्तो तेल वा कस्तो घ्यु प्रयोग गर्नुपर्छ भन्ने विषयमा आज हामी चर्चा गदेँछौँ।
खानामा विभिन्न प्रकारको तेलको प्रयोग गर्ने गरिन्छ। प्राचीन कालदेखि नै हाम्रो समाजमा तोरीको तेलको प्रयोग हुँदै आइरहेको छ। पछिल्लो केही दशकदेखि विभिन्न प्रकारका तेलहरू बजारमा उपलब्ध भएका छन्। तेलहरुका फाइदा र बेफाइदाको बारेमा व्यापक प्रतिकृया भइरहेको हुन्छ। विभिन्न विज्ञापनहरुमा तोरीको तेल भन्दा सूर्यमुखी, मकै, भटमास आदिको तेललाई राम्रो बताइएको देखिन्छ। तेलहबाहेक वनस्पति घ्युको पनि खानामा प्रशस्त प्रयोग हुने गरेको देखिन्छ। तोेरीको तेलभन्दा अन्य तेल साँच्चिकै राम्रो हो त?
कुनै पनि खानेतेलको प्रयोग बढी गर्नु स्वास्थ्यको लागि हानिकारक मानिन्छ। तेललाई प्रयोग गरिने तरिकाले पनि यसको बेफाइदालाई बढाउन सक्छ। त्यसैले सही खानेतेल रोजेर त्यसको उचित मात्रामा ठीक तरिकाले प्रयोग गरेमा स्वास्थ्यकोलागि हानिकारक हुँदैन। महंगो हुनेबित्तिकै र ‘कोलेस्ट्रोल फ्री’ लेखिनेबित्तिकै यी तेलहरु हानिकारक छैनन् भन्न सकिँदैन।
खानेतेल किन्ने बेलामा होस पुर्याउनु जरुरी हुन्छ। यसक लागि कुनै पनि खानेतेलमा के के तत्त्व हुन्छन् र त्यसको मात्रा कति हुनुपर्छ, यसको जानकारी हुनुपर्छ। कुन तत्त्वले शरीरलाई हानि पुर्याउँछ र कुन तत्त्वले फाइदा गर्छ, त्यो कुरा पनि थाहा हुनुपर्छ।
कुनै पनि खानेतेल किन्नुअघि यसमा तीनवटा कुराको मात्रा हेर्नुपर्छ। पहिलो ‘स्याचुरेटेड फ्याट’। दोस्रो ‘पोली अनस्याचुरेटेड फ्याट’। र तेस्राे ‘मोनो अनस्याचुरेटेड’। स्याचुरेटेड फ्याटले शरीरलाई फाइदा गर्ने भएकाले यसको मात्रा बढी हुनु राम्रो मानिन्छ। पेली अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनु पनि राम्रो हो। मोनो अनस्याचुरेटेड फ्याटलाई पोलिअनस्याचुरेटेड भन्दा राम्रो मानिन्छ। स्याचुरेटेड र ट्रान्स फ्याट स्वास्थ्यकोलागि हानिकारक हुने भएकोले यसको मात्रा जति कम भए राम्रो हुन्छ।
तोरीको तेल
यो तेल तोरीको बीउबाट उत्पादन गरिन्छ। यसमा ६० देखि ७० प्रतिशत मोनोअनस्याचुरेटेड फ्याटी एसिड हुन्छ। यसमा १५ देखि २० प्रतिशत पोली अनस्याचुरेटेड फ्याटी एसिड र १० देखि १५ प्रतिशत स्याचुरेटेड फ्याट हुन्छ। तोरीको बीउमा प्रशस्त ओमगो–३ फ्याटी एसिड, आइरन, क्याल्सियम, जिङ्क, म्याग्नेसियम आदि तत्त्व पाइन्छ, जुन रुवास्थ्यको लागि लाभकारी मानिन्छ।
तोरीको तेलमा ओमेगा–६ र ओमेगा–३ को अनुपात सर्वोतम भएको तथ्य प्रमाणित छ। यो अनुपात राम्रो भएको खानेकुरा मुटुको लागि अत्यन्तै स्वस्थकर मानिन्छ र यसले मुटुमा ब्लकेज हुनबाट जोगाउँछ। आयुर्वेदको अनुसार यो तेललाई शरीरको मसाजको गर्न र एन्टिब्याक्टेरियलको रूपमा प्रयोग गर्न सकिन्छ।
सूर्यमुखीको तेल
यो तेल सूर्यमुखीको बिउबाट उत्पादन गरिन्छ। यो स्वादमा हल्का हुन्छ र यस्मा धेरै भिटामिन र्इ पाइन्छ। यसमा धेरै कम स्याचुरेटेड फ्याट हुन्छ। अहिले यो तेलको प्रयोग बढ्दै गएको छ, किनभने यो शरीरको लागि फाइदाजनक हुन्छ भन्ने धारणा छ। तर यसको धेरै प्रयोग गर्नाले विभिन्न स्वास्थ्य समस्या सृजना हुन सक्छ।
यो तेलमा पनि फ्याट बढी हुने भएकोले र फ्याटले प्रशस्त क्यालोरी प्रदान गर्ने हुनाले यसको धेरै प्रयोग गर्नु हानिकारक हुन्छ। हुन त यसले शरीरमा नराम्रो कोलेस्ट्रोल त्यति बढाउँदैन, तर धेरै प्रयोगले मोटोपनाको सम्भावना बढाउन सक्छ। यो तेल एकपटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्नु हुँदैन।
भटमासको तेल
यो तेल भटमासबाट उत्पादन गरिन्छ। हाम्रो देशमा सजिलसँग उपलब्ध हुने तेलहरूमध्ये एक हो। यो सबैभन्दा बढी प्रोटिनयुक्त तेल हो। यसमा पोली अनस्याचुरेटेड फ्याट माेनो अनस्याचुरेटेडभन्दा बढी हुन्छ। तेल भन्दा यसमा स्याचुरेटेड फ्याट बढी हुन्छ। स्वास्थ्यको दृष्टिकोणले यो तेललाई सूर्यमुखीको तेलको श्रेणीमा राख्न मिल्छ।
मकैको तेल
यो मकैको दानाबाट बन्ने हलुका पहेँलो रंगको तरल पदार्थ हो। यसमा स्याचुरेटेड फ्याट अरु तेलभन्दा अलि बढी मात्रामा पाइन्छ। याे तेलमा पनि मोनो अनस्याचुरेटेड भन्दा पोली अनस्याचुरेटेड फ्याट बढी हुन्छ। स्वास्थ्यको दृष्किोणले यो तेललाई सूर्यमुखीको तेलको श्रेणीमा राख्न मिल्छ।
वनस्पति घ्यु
यो ठोस अवस्थामा रहने र कोठाको तापक्रममा नपग्लिने तेल हो। यसमा ट्रान्स फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ, जुन मानव शरीरको लागि हानिकारक हुन्छ। यसले एलडिएल बढाएर एचडिएल घटाएर रक्तनलीमा रगत जम्ने सम्भावना बढाउँछ। यसले हृदयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोग निम्त्याउन सक्छ। यसले अल्जाइमर डिजिज, महिलामा गर्भधारणको समस्या, कलेजोको समस्या, मोटोपना र कुनै कुनै क्यान्सरसमेत निम्त्याउन सक्ने सम्भावना हुन्छ।
शुद्ध घ्यु
घ्युलाई खानामा विभिन्न प्रकारले प्रयोग गरिनछ। घ्युले शरीरलाई कति फाइदा र कति हानि गर्छ थोरैलाई मात्र थाहा हुनसक्छ। घ्युमा लगभग पूर्णरूपमा फ्याट मात्रै हुन्छ। यसको कारणले घ्युबाट प्रशस्त क्यालोरी प्राप्त हुन्छ। यसले पाचन प्रणालीमा राम्रो असर गर्छ र खानालाई पच्न मद्दत पुर्याउँछ। यसमा प्रशस्त भिटामिन डी, ए र के पाइन्छ।
कुपोषण भएका बिरामीले डाइटिसियनको सल्लाह अनुसार खानामा घ्यूको प्रयोग गर्न मिल्छ। तर एउटा स्वस्थ मानिसले घ्युको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ। स्याचुरेटेड फ्याटले रगतमा कोलेस्ट्रोलको मात्रा बढाएर मुटुरोग उत्पन्न गर्न सक्छ।
ओलिभ आयल
यो तेल ओलिभको दानाबाट उत्पादन गरिन्छ। यो तेल धेरै महंगो हुन्छ। सूर्यमुखीको तेल भन्दा लगभग ३\४ गुणा महंगो हुन्छ। यो तेलको प्रयोग खाना, सौन्दर्य, औषधि, साबुन उत्पादन,शरीरको मसाज आदिमा गरिन्छ। यो तेल विशेषगरी आलेइक एसिड, प्यालमेटिक एसिड र फ्याटि एसिडको मिसावटबाट बनेको हुन्छ। यसमा तोरीको तेल जस्तै मोनो अनस्याचुरेटेड फ्याटको मात्रा पोली अनस्याचुरेटेड फ्याटभन्दा बढी हुन्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै