सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानून कार्यान्वयनमा सुर्ती उद्योगीको हस्तक्षेप
एकपछि अर्को मुद्धा हाल्दै
हेल्थ टिभी अनलाइन : नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानूनलाई विश्वमै उत्कृष्ट कानूनको रुपमा लिइन्छ । तर कार्यान्वयनको पक्षमा सुर्ती उद्योगीको एकपछि अर्को मुद्धाका कारण बाधा पुग्ने गरेको सरोकारवालाहरुले बताएका छन्। बुधबार सुर्ती उद्योगको हस्तक्षेपबिरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको सरोकारवाहरुको छलफलमा उनीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा अधिवक्ता ज्योति बानियाले सुर्तीजन्य पदार्थ नियन्त्रणमा नयाँ व्यवस्ता गर्ने बित्तिकै सुर्ती उद्योगीहरु सल्बलाएर मुद्धा हाल्न गइहाल्ने प्रवृति देखिएको बताए । उनले भने, सुरुमा ७५ प्रतिशश चेतावनीमूलक चित्र छाप्ने निर्देशिका आउँदा देखि अहिले शतप्रतिशत चित्र छाप्ने बेलासम्म हरेकपटक सुर्ती उद्योगीले मुद्धा हालेर कानून कार्यान्वयनमा बाधा पुराइरहेका छन्। उनीहरुको मुख्य उद्धेस्य नै जसरी हुन्छ समय लम्बाएर कानून कार्यान्यवयनम ढिलाई गर्ने भन्ने हुने रहेछ ।
सुर्तीजन्य पदार्थ नियमन सम्वन्धी कानूनी व्यवस्थाका पक्ष र विपक्षका तर्फबाट पछिल्लो एक वर्षमा उच्च अदालत पाटन र सर्बोच्च अदालतमा तीनवटा रिट परेको पनि उनले जानकारी दिए । ती उद्योग मन्त्रालयले सुर्ती उद्योगीको पक्षमा गरेको गैरकानूनी निर्णय सम्वन्धी रिटको फैसला भईसकेको छभने बाँकी दुईवटा मध्ये एउटा हेर्दा हेर्दैमा र अर्को पुन मिसिल तयार गरी अघि बढ्नुपर्ने अवस्थामा रहेको उनले जिकीर गरे ।
नसर्ने रोगको प्रमुख कारक तत्व मानिएको सुर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न विसं २०६८ सालमा सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐन बनाएको थियो । यसैगरी निर्देशिका समेत जारी गर्यो । तर सो कानून कार्यान्वयनमा बाधक बन्दै आइरहेका छन् सुर्ती उद्योगी । सोही निर्देशिकाका संसोधित व्यवस्थालाई कार्यान्वयन गर्न खोज्दा उद्योगीहरुले अदालतमा एक पछि अर्को गर्दै मुद्धा दायर गरेका हुन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानून अधिकृत गोपिकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बनेको कानून र कार्यान्वयनका अवस्थाको बारेमा जानकारी दिएका थिए । यसैगरी मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै सरोकारवालाहरु एकजुट भएर अघि बढ्नपर्नेमा जोड दिए । यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रणका फोकल पसर्न उपेन्द्र ढुंगानाले सुर्ती उद्योगीहरुले विभिन्न बहाना पारेर कानूनमा बाधा पुराउन खोज्ने प्रवृति संसारभर रहेको जिकीर गरे कार्यक्रममा काठमाडौँ महानरपालिकाका डा दिवस न्यौपानेले आफनो धारणा राखेका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य