Health TV Online
Health TV Online
Health TV Online

कस्तो मासु खाने ?

कस्तो मासु खाने ?

हेल्थ टिभी अनलाइन : दशै भन्ने बित्तिकै नयाँ लुगा लगाउने, टन्न मासु खाने, घुमफिर गर्ने भन्ने बुझिन्छ । दशैंमा धेरैको घरमा खसी काट्ने परम्परा हुन्छ । यसले गर्दा घर घरमा प्रसस्त मासु हुन्छ । यसरी धेरै भएको मासुलाई सुरिक्षत तरिकाले राख्नुपर्छ । अन्यथा मासु छिटै बिग्रन सक्छ । मासुलाई फ्रिजमा राम्ररी अन्य खानेकुरासँग नमिसाई राख्नुपर्छ । खसीको मासु पौष्टिकताले भरिपूर्ण हुन्छ । तर त्यसलाई राम्ररी व्यवस्थापन गरिएन भने यसले उल्टो हानी गर्न सक्ने बताउँछन फिजिसियन डा प्रकाश श्रेष्ठ ।

उनका अनुसार पहिलाे कुरा खसी आफैमा स्वस्थ छ छैन याद गर्नुपर्छ । मासु खाँदा सकेसम्म छाला निकालेर खाएको सुरक्षित मानिन्छ । किनकी छालामा विभिन्न किसिमका रोगहरु हुन सक्छन । यसका साथै रौं हुने भएकाले पनि छाला भएको मासुलाई राम्रो मानिंदैन । छाला निकालेर राम्ररी सफा गरेर र राम्ररी पकाएर मात्र मासुको सेवन गर्नुपर्छ । काँचो मासुले पनि हानी गर्नसक्छ । यसैगरी बढी पोलेको मासु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्ने बताउँछन डा श्रेष्ठ । उनी थप्छन्, अर्को कुरा एकैपटक धेरै खाने भन्दा पनि थोरै थोरै गरेर खाएको राम्रो । योबेला सबैमान्यजनका घरमा टिका लगाउन जाने र त्यहाँ मासुका परिकार खान दिने हुँदा आफूलाई कति खाँदा ठिक हुन्छ भन्ने कुरा आफैले ख्यान गर्नुपर्छ ।

विशेष गरेर मधुमेह, उच्च रक्तचाप, मुटुरोग, क्यान्सरका बिरामीले यो बेला खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ । आफनो चिकित्सकले भने बमोजिमको खाना तालिका फलो गर्नु सबैभन्दा उत्तम हुन्छ । दशैं मनाउँ, रमाइलो गरौं तर खानपानका कारण बिरामी नपरौं ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार