सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा
हेल्थ टिभी अनलाइन : आज असोज १० अर्थात सुरक्षित गर्भपतन सेवा दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । नेपालमा विस २०५९ साल असोज १० गते सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको हो । त्यही दिनलाई सुरक्षित गर्भपतन सेवा दिवसको रुपमा मनाउने गरिन्छ ।
विश्वभर हरेक वर्ष आधा जसो गर्भ अनिच्छित रुपमा रहने गरेको तथ्यांक छ । अनिच्छित गर्भमध्ये ६० प्रतिशत र कुल गर्भमध्ये ३० प्रतिशत गर्भपतन हुने गरेको पाइन्छ । विश्वव्यापी रुपमा हुने ४५ प्रतिशत गर्भपतन असुरक्षित रुपमा गरिने गरेका छन् भने ७० लाख महिला असुरक्षित गर्भपतनका कारण अस्पता भर्ना हुने गरेको पाइएको छ । असुरक्षित गर्भपतन मातृमृत्युको प्रमुख कारण हो । ५ देखि १३ प्रतिशत असुरक्षित गर्भपतनका कारण मातृ मृत्यु हुने गरेको पाइन्छ ।
परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । ७७ वटै जिल्लामा गर्भपतन सेवा उपलब्ध छ । सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सेवा नि:शुल्क छ । गर्भवती महिलाको मन्जुरीमा १२ हस्पतासम्म र विशेषअवस्थामा २८ हप्तासम्म गर्भपतन गराउन पाउने कानून छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य