जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख क्षतिपूर्ति
घाइतेको नि:शुल्क उपचार
हेल्थ टिभी अनलाइन : जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिइने सरकारले निर्णय गरेको छ ।
आज सिंहदरबारमा पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एक नारायण अर्यालले जानकारी दिए ।
यसैगरी घाइतेहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत निशुल्क उपचार व्यवस्था मिलाउन पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।मुख्य सचिव अर्यालले जेनजीको आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गएको बताएका छन् ।









औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम