जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख क्षतिपूर्ति
घाइतेको नि:शुल्क उपचार
हेल्थ टिभी अनलाइन : जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिइने सरकारले निर्णय गरेको छ ।
आज सिंहदरबारमा पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेको मुख्य सचिव एक नारायण अर्यालले जानकारी दिए ।
यसैगरी घाइतेहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत निशुल्क उपचार व्यवस्था मिलाउन पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।मुख्य सचिव अर्यालले जेनजीको आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गएको बताएका छन् ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड