Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे सय दिनका उपलब्धि

सातै प्रदेशमा क्यान्सरको उपचारदेखि जलनको उपचार नि:शुल्कसम्म

स्वास्थ्यमन्त्री पौडेलले सार्वजनिक गरे सय दिनका उपलब्धि

हेल्थ टिभी अनलाइन :  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सय दिनका काम र उपलब्धि सार्वजनिक गरेका छन्।

उनले आफू आएपछि गरेका मुख्य मुख्य कामको उपलब्धि भन्दै १६ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् । बिहिबार मन्त्रालयमा आयोजित  कार्यक्रममा मन्त्री पौडेलले आफूले गरेका काममा विषयगत समितिको बैठकदेखि सातै प्रदेशमा क्यान्सर रोग उपचार केन्द्र, जलन उपचारलाई  निशुल्क, महिला स्वास्थ्य स्वंयसेविकालाई सार्वजनिक यातायातमा निशुल्क यात्रा, राष्ट्रिय खेलाडीलाई निशुल्क स्वास्थ्य परीक्षण स्वास्थ्य बीमाको विस्तार लगायतलाई आफनो उपलब्धिको सूचीमा राखेका छन्।

यसैगरी वैद्यखानाबाट औषधि उत्पादन बढाउने, नवजात शिशुको जन्मजात विकलांग जाँच सुरु गर्ने, गंगालाल अस्पतालको सातै प्रदेशमा सेवा सुरु गर्ने विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, बाढी प्रभावित क्षेत्रमा संक्रमण फैल्न नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार गरेको, विकास साझेदारसँगको सहकार्य बढाएकाे पनि उनको सय दिने उपलब्धिमा समेटिएका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा