बाढी, पहिरोपछि पानीजन्य रोग बढ्न सक्छ, सचेतना अपनाऔं : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन : यतिबेला बिहिबारदेखि शनिबारसम्म अविरल रुपमा परेको पानीसँगै आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुराएको छ ।
काठमाडौं उपत्यका लगायतका धेरै स्थानमा बाढी, पहिरोका कारण बाटोहरु अवरुद्ध छन् भने खानेपानीका पाइप तथा पानीका मुहानहरु थुनिएका छन् । जसले गर्दा यो बेला पानीको मुहान फोहोर मात्र भएको छैन् दूषित पनि भएको छ । त्यसैले यस्तो विपदका बेला थप पानीजन्य रोग फैलिनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोसँगै आउनसक्ने पानीजन्य रोग जस्तै झाडापखाला, हैजा, टाइफाइडबाट बच्न पानी अनिवार्य उमालेर तथा निर्मलीकरण गरेर मात्र पिउन सबैलाई आग्रह गरेको छ । साथै सडेगलेका बासी खानेकुरा नखान तथा सरसफाइमा ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा