Health TV Online
Health TV Online
Health TV Online

नेत्रज्योति संघका अध्यक्ष प्राडा पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

नेत्रज्योति संघका अध्यक्ष प्राडा पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

हेल्थ टिभी अनलाइन : नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्त International Agency for the Prevention of Blindness(IAPB) को बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् ।

अनलाईन मार्फत भएको मतदानको नतिजा मंगलबार सार्वजनिक गरिएको हो । आईएपिबिका विश्वभरका २५० भन्दा बढी सदस्य संस्थाहरु उक्त मतदान प्रक्रियामा सहभागी भएका थिए । विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको आईएपिबिले अन्तराष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आईरहेको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपिबिका सदस्य रहेका छन् ।

नेपाल नेत्रज्योति संघ विगत एक दशकभन्दा लामो समयदेखि आईएपिबिको सदस्य रहँदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रुपमा २०३५ साल चैत्र १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।

संघ नेपालको एक मात्र यस्तो संस्था हो जसले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

हाल संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरू संचालनमा छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा