जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने

हेल्थ टिभी अनलाइन : नेपालभरीबाट जुनसुकै पालिकाको भए पनि अशक्त तथा गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार सेवा दिने जनाएको छ ।
काठमाडौं महानगरले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको हो । उक्त सूचनामा काठमाडौं महानगरले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकको सिफारिसका आधारमा निःशुल्क उपचार गर्ने जनाइएको छ ।
बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आए उनीहरुले काठमाडौंमा नि:शुल्क सेवा पाउने छन् । सूचनामा भनिएको छ, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।’ यदि कसैलाई यो सेवा लिन परेमा महानगरको टोल फ्रि नंबर ११८०मा सम्पर्क गर्न सक्ने पनि बताइएको छ ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने