सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

हेल्थ टिभी अनलाइन : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । आइतबार साँझ एक्कासी रेडियोलोजी विभाग रहेको भवनमा आगोको धुवाँ देखिएको हो ।
अस्पतालका निर्देशक डा प्रकाश शाहले अस्पतालको रेडियोलोजी विभाग भएको भवनमा आगलागी भएको जानकारी दिए । उनले अहिले सबैको प्रयासमा आगो नियन्त्रणमा आएको र मानवीय क्षति नभएको पनि जिकीर गरे । आगलागी विद्युत सर्ट भएर हुनसक्ने बताइएको छ । सिटी स्क्यान मेशिन लगायतका उपकरणहरुमा क्षति भएको भए पनि सबै क्षतिको विवरण भने आइनसकेकाे पनि उनले जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने