गुणस्तरीय सेवाको लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन

हेल्थ टिभी अनलाइन : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन चिकित्सकहरुलाई निर्देशन दिएका छन्।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नव निर्मित बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै मन्त्री यादवले भौतिक संरचनाको निर्माण र प्राबिधिक ब्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे। दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरिय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए ।
उनले भने, ‘सरकारले भौतिक पुर्वाधार र दक्ष जनशक्ति ब्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलाबासीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।’
मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर , राजविराज र बिरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भै रहेकोे उल्लेख्य गरे ।
स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत भै रहेको बिकास निर्माणको चर्चा समेत गरे ।
यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिव ६ करोडको लागतमा निर्मित ७५ बेड्को बर्थिङ्ग सेन्टरको सिलान्यास समेत २०१८ नोभेम्बर १९ मा उपप्रधानमन्त्री यादवले नै गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति डा अंकुर साहको अध्यक्षतामा भएको उक्त समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी , संघिय स्वास्थ्य सचिव रोशन पोखरेल , अमेरिकी राजदुत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डित सहितको सहभागिता रहेको थियो ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने