स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्धारा कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन

हेल्थ टिभी अनलाइन : कान्ति बाल अस्पतालकाबारेमा व्यापक जनगुनासो आएपछि उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् ।
मन्त्री यादवले बुधबार अस्पतालमा अनुगमन गर्दै अस्पताल प्रशासनलाई केही निर्देशन समेत दिएका छन् । ती निर्देशनहरुमा उपचारका लागि आएका बिमारी फर्काउने काम बन्द गर्नुपर्ने, आइसीयूमा बेड थप गर्नुपर्ने, तत्काल एमआरआई, सीटी स्क्यान जस्ता मेशिन मर्मत गरी सूचारु गर्नुपर्ने, फार्मेसीमा सबै खालका औषधीको उपलब्धता हुनुपर्ने, अनलाइन टिकट तथा अनलाइनबाटै रिपोर्ट हेर्न सक्ने व्यवस्था हुनुपर्ने लगायतका रहेका छन् ।
उक्त अनुगमनमा मन्त्री यादवसँगै मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंह लगायत पनि सँगै गएका थिए ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने