बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर

हेल्थ टिभी अनलाइन : प्रिन्सेस अफ वेल्स बेलायतकी राजकुमारी केट मिडलटनले आफू क्यान्सरको उपचारमा रहेको बताएकी छिन्। पेटको एउटा शल्यक्रिया गर्ने क्रममा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो। उनले उक्त कुरा एक भिडियो सन्देश मार्फत जानकारी दिएकी छिन्। फेब्रुअरीको अन्त्यबाट उनले क्यान्सर बढ्न नदिन अवलम्बन गरिने किमोथेरापी उपचार सुरु गरेको बताएकी छिन्।
केटको शल्यक्रिया गत ज्यानुअरीमा भएको थियो। दरबारले त्यसको ठ्याक्कै समय सार्वजनिक नगरे पनि शल्यक्रियाको योजनाबारे बताएको थियो र उक्त शल्यक्रिया “क्यान्सर सम्बन्धी नभएको” जनाएको थियो।
उनको भिडिओ सन्देशका अनुसार शल्यक्रियापछि गरिएका परीक्षणहरूबाट उनलाई क्यान्सर भइसकेको पत्ता लागेको थियो। केन्सिङ्टन प्यालेसले उनलाई भएको क्यान्सरको प्रकृतिबारे खुलाएको छैन। केटले चिकित्सकहरूको टोलीले आफूलाई “प्रिभेन्टिभ किमोथेरापी” भनिने क्यान्सर थप पैmलन नदिने उपचार गराउन आफूलाई सुझाव दिएको बताएकी छन्। उनका अनुसार उनी उपचारको प्रारम्भिक चरणमा छिन्।
भिडिओ सन्देशमा केटले आफ्नो उपचारमा संलग्न डाक्टरहरूको टोलीलाई धन्यवाद भनेकी छिन्।
बीबीसीबाट :
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने