‘पार्टनरशिप फर हेल्दी सिटी समिट’ केप टाउनमा सुरु

हेल्थ टिभी अनलाइन \केप टाउन : शहरलाई कसरी स्वच्छ बनाउने तथा शहरका बासिन्दालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न साउथ अफ्रिकाको केप टाउनमा ‘पार्टनरशिप फर हेल्दी सिटी समिट’ सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन केप टाउनका मेयर हिल लुइसले गरेका छन्।
उद्घाटन सत्रमा बोल्दै मेयर लुइसले शहरमा गाउँमा भन्दा बढी जनस्वास्थ्यसम्बन्धी चुनौती हुने भन्दै त्यसका लागि उपचारात्मक भन्दा पनि प्रिभेन्टिभ कुरामा ध्यान दिनुपर्ने बताए । उनले आफूले केप टाउनमा शहरका बासिन्दाको स्वास्थ्यलाई ख्याल गर्दै बच्चा बेलादेखि नै हेल्दी लाइफस्टाइल सिकाउनका लागि स्कूल हेल्थ सचेतना कार्यक्रम, सडक सुरक्षा सम्बन्धी कार्यक्रम, साइक्लिन जस्ता कार्यक्रम अघि सारिरहेको र त्यसले निकै फाइदा भएको पनि बताए । मेयर लुइसले युवाहरुलाई शारीरिक रुपमा सक्रिय राख्नका लागि केप टाउनमा मात्र सय भन्दा बढी निशुल्क जीमखाना खोलिएको र त्यसमा जोकोही पनि गएर फाइदा लिनसक्ने बताए । उनले सचेतनामूलक कार्यक्रममा गरिएको लगानीे भविष्यमा नसर्ने रोग लागेर उपचारमा हुने खर्चभन्दा कयौं गुणा कम हुने र बढी प्रभावकारी हुने समेत बताए ।
यसैगरी कार्यक्रममा विश्व स्वास्थ्य संगठनका एटिनी क्रुगले शहरमा बढी मानिस बस्ने र त्यहा बढी कमर्सियल विज्ञापन बढी हुने हुँदा .जनस्वास्थ्यको जोखिममा बढी शहरियाहरु हुने बताए । उनले शहरले सुरु गरेको स सानो इनिसियटिभले धेरै फरक पार्ने भन्दै नसर्ने रोगको जोखिम कम गर्न सबै शहरहरुले हेल्दी हुन अपनाउनुपर्ने उपायका बारेमा नागरिकलाई सचेत गराउन कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिए ।
यसैगरी भाइटल स्ट्राटेजीकी कएरियला रोजहानीले नसर्ने रोगको प्रमुख कारण नै जीवनशैली, खाना, पानी जस्ता कुरा रहेकाले त्यसलाई कम गर्ने आनीबानी जस्तै साइकल चलाउने, हिंडने, सुगरी पेय पदार्थ नपिउने, जंक फुड नखाने, सफा वातावरण जस्ता कार्यको थालनी गर्नुपर्नेमा जोड दिइन ।
सम्मेलनमा विभिन्न देशका ७० शहरका प्रतिनिधीहरु केप टाउनमा जम्मा भएका छन्। सम्मेलनको आयोजना विश्व स्वास्थ्य संगठन , भाइटल स्ट्राटेजी र ब्लुमबर्ग फिलान्थ्रोपिजले गरेको हो । सो कार्यक्रममा काठमाडौं महानगरका प्रतिनिधी पनि सहभागी भएका छन्।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा