Health TV Online
Health TV Online
Health TV Online

प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन

प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन

हेल्थ टिभी अनलाइन : प्रजातान्त्रिक जनस्वास्थ्य संघमा विन्जवला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दयाकान्त पन्थ र तुलसी सुवेदी चयन भएका छन्। महासचिवमा विनोद जोशी र उपमहासचिवमा श्रीकृष्ण बस्नेत चयन भएका छन्।

सचिवमा निराजन पोख्रेल, कोषाध्यक्षमा रागीश्री कक्षपति, सहकोषाध्यक्षमा रणधिर कुमार यादवसहित सदस्यहरुमा डा प्रकाश ज्ञवाली, प्रकाश कुमार विष्ट, धरजंग शाह र इन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै समावेशी सदस्यहरुमा महिलाबाट शिला शर्मा, मधेशीबाट जित नारायण यादव तथा जनजातीबाट किरण श्रेष्ठ निर्वाचित भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा