बिराटनगरमा ह्याम्स अस्पतालको सिएमई कार्यक्रम

हेल्थ टिभी अनलाइन : ह्याम्स अस्पतालले बिराटनगरको बिग होटलमा सिएमई कार्यक्रम सम्पन्न गरेको छ । मुलुकको सबै प्रदेशमा बर्षमा कम्तिमा एउटा सिएमई कार्यक्रम गर्ने उदेश्यका साथ धनगढी पश्चात बिराटनगरमा उक्त शैक्षिक कार्यक्रम आयोजना गरिएको हो । महत्वपूर्ण विधाका अनुसन्धान तथा उपचार पद्धतिसँग सम्बन्धित विषयका बारेमा ह्याम्समा कार्यरत देशकै उत्कृष्ट चिकित्सकहरुद्वारा ज्ञान तथा सीप आदान प्रदान गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा देशकै मुटुको चाल सम्वन्धी उपचारमा अग्रणी भूमिका खेल्दै आएका ह्याम्समा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रोशन राउतले मुटु कमजोर भएका विरामीमा प्रत्यारोपण गरिने विशेष पेशमेकरको बारेमा जानकारी गराएका थिए । यसैगरी फोक्सो रोग विशेषज्ञ डा.रक्षा पाण्डेले फोक्सोमा हुने जटिल रोग आइएलडी (इन्टरष्टिसियल लङ्ग डिजिज) को नयाँ अनुसन्धान तथा उपचारको बारेमा विचार पेशगरेकी थिइन । साथै कोशी अस्पतालमा कार्यरत पेट रोग विशेषज्ञ डा.भुवनेश्वर यादवले पनि पेट सम्वन्धी रोगको बारेमा जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा बिराटनगरमा कार्यरत विभिन्न अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुको उपस्थिती थियो । यस्ता सिएमई कार्यक्रमले देशका विभिन्न ठाउँमा कार्यरत चिकित्सकको ज्ञान तथा सीप बढाउन मद्धत पुग्ने कुरा सहभागी चिकित्सकहरुले जनाएका छन्। नयाँ प्रविधि तथा अनुसन्धानका बारेमा एक आपसमा छलफल तथा अन्तरक्रियाले चिकित्सकहरुको ज्ञान बढ्ने मात्र नभई उपचारमा एकरुपता ल्याउन पनि मद्धत मिल्ने उनीहरुको भनाई छ ।
विगत २६ बर्ष देखी उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले तालिम तथा शैक्षिक कार्यक्रमलाई सदैव प्राथमिकतामाराख्दै आएको छ । यसका साथै अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुलाई नियमित तालिम प्रदान गरिरहेको ह्याम्सले क्रिटिकल केयर नर्सिङ्ग लगायतका कार्यक्रम नियमित संचालन गरिरहेको छ । विगत २ बर्ष देखी चिकित्सा शिक्षा आयोगद्वारा संचालित “एनबीएमएस” कार्यक्रम पनि संचालनमा रहेको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा