ललितपुरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम

हेल्थ टिभी अनलाइन : ललितपुर महानगरमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमको प्रारम्भ गरेका छन् । योसँगै अब ललितपुर महानगरभित्र पनि नगरबासीले एक लाख बराबरको स्वास्थ्य बीमा सेवा पाउने छन् । त्यसका लागि नाम दर्ता भने गराउनुपर्ने हुन्छ ।
महानगरले छिटै नै दर्ता सहयोगीहरुलाई तालिम दिएर फिल्डमा खटाइने जनाइएको छ । महानगरले स्वास्थ्य बीमाको लागि वडा नं ३ स्थित छावहालमा आफैले सञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेर कार्यक्रम अघि सारेको हो । यसभन्दा अघि देशका अधिकांश जिल्लामा स्वास्थ्य बीमा सुरु हुँदा ललितपुर महानगरमा भने लागू भएको थिएन । स्वास्थ्य बीमा बोर्डका अनुसार अब योसँगै देशभर ७७ वटै जिल्लाका ७५० स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको छ ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा