फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरुको संघ ‘प्राण’ गठन
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर रहेका फिजियोथेरापीसम्बन्धी संस्थाहरु एकबद्ध भई फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल ‘प्राण’ गठन भएको घोषणा गरेका छन्।
फागुण ७ प्रजातन्त्र दिवसको अवसर पारेर देशभरी रहेका नौ संस्थाहरु एक्यवद्द भई “फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल ‘प्राण’ गठन भएको घोषणा गरिएको हो ।
शनिबार काठमाडौंमा साधारणसभाको आयोजना गरि घोषणा गरिएको कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर , फिजियोथेरापी संघ , अकुपेस्नल थेरापी संघ , प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरु सहित पुनर्स्थापनाका विज्ञहरुको सहभागिता रहेको थियो ।
नेपालभित्र भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवा संचालन गरिरहेका संस्थाहरु एकआपसमा संगठित भई पेशागत एवम व्यवसायिक ऐक्यवध्दता कायम गर्न, पेशागत तथा व्यवसायिक हकहितको संरक्षण तथा प्रवध्र्दन गर्न भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित वनाउदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त संस्थापक अध्यक्ष हरि कुमार लम्सालले बताए ।
स्वास्थ्य सेवाका अन्य विधा जस्तै यस विधालाई पनि मान्यता प्रदान गरी जनताको स्वास्थ्यप्रतिको हक सुरक्षित गर्न आवश्यक पहलका लागि नेपाल सरकार तथा अन्य सम्वन्धित निकाय समक्ष अनुरोध गर्न काम गर्ने , जनस्तरमा जानकारीमूलक कार्यक्रमहरु संचालन गर्ने, पुनर्स्थापनाका अन्य संस्थाहरुसंग हाते मालो गर्दै एक जुट भई सामुहिक हक हितको निमित्त काम गर्ने संघका महासचिव समिद कतिला श्रेष्ठले बताए ।
नेपाल सरकारले साधारण अस्पताल वा विशेषज्ञ अस्पताल, पोलीक्लिनिकहरु स्थापना गर्ने मापदण्ड वनाएर लागू गरेको छ तर स्वास्थ्य सेवाको यति महत्वपूर्ण विधा संचालनका लागि फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्र संचालन गर्ने मापदण्ड हालसम्म वनाएको छैन । अतः हामी हाम्रा सेवा संचालन गर्न सरकारले उचित मापदण्ड निर्माण गरी लागू गरोस भन्ने चाहन्छौं । मापदण्ड निर्माण गर्न तथा त्यसलाई लागू गर्ने कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न हामी तैयार रहेको जानकारी गराउन चाहन्छौं अध्यक्ष लम्सालले थपे ।
संघका पदाधिकारीहरु यस प्रकार रहेका छन् :
अध्यक्षः हरि कुमार लम्साल- साहारा फिजियोथेरापी अस्पताल, काठमाण्डौं
उपाध्यक्षः जगदीश खनाल – नवजीवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, वुटवल
महासचिवः समीद कातिला श्रेष्ठ – अर्थोप्लाष्ट रिविलिटेशन सेण्टर, ललितपुर
सचिवः राजेश महत – रिभाईव फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, काठमाण्डौं
कोषाध्यक्ष : दीक्षा जोशी – अर्पण फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, ललितपुर
सदस्यः विवेक पौडेल – चितवन फिजियोथेरापी रिहाविलिटेशन सेण्टर,चवन
सदस्यः अशोक रिमाल – न्युरोप्लाष्ट फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, धनगढी
सदस्यः कवीन सापकोटा – सक्षम फिजियोथेरापी रिहाविलिटेशन सेण्टर, झापा
सदस्यः अंगीरा थापा – सर्व फिजियोथेरापी एण्ड वेलनेस सेण्टर, विराटनगर





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’