Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घट्यो संक्रमण : सक्रिय कोरोना संक्रमितको संख्या १३ हजारमा झर्‍यो

घट्यो संक्रमण : सक्रिय कोरोना संक्रमितको संख्या १३ हजारमा झर्‍यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण दर क्रमस घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशभर अहिले १३ हजार ३५७ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।

यसैगरी अब काठमाडौं लगायत ५ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन् भने १० जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण दर कम हुँदै गएपछि देशभर संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या बढ्दो छ । कुल संक्रमितमध्ये १४२ जनाको आइसीयूमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा अहिले कोरोना संक्रमणबाट निको हुने दर ९७ दशमलब ४ प्रतिशत रहेको छ । हालसम्म देशमा ११ हजार ९१७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् भने ८ लाख बढीले अतिरिक्त खोप समेत लगाइसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि