डब्लुएचओले सार्वजनिक गर्यो ‘क्विट टोबाको एप’
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्ने नयाँ एप सञ्चालनमा ल्याएको छ । ‘क्विट टोबाको एप’ डब्लुएचओकी दक्षिणपूर्वी एशिया क्षेत्रकी निर्देशक डा पुनम क्षेत्रपाल सिंहले सार्वजनिक गरेकी हुन्।
उनले उक्त एप सार्वजनिक गर्दै एपमार्फत सुर्तीजजन्य पदार्थ सेवनको लत छोड्न चाहनेका लागि निकै सहयोगी सिद्ध हुने जनाइन्। विश्वभर सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा हानी गर्छ भन्ने कुराको जानकारी भएर पनि धेरैले यसको लतका कारण छोड्न नसक्ने गरेको कुरा स्विकार गर्दै त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्नका लागि क्विट टोबाको एप बनाइएको डा सिंहको भनाई छ ।
डब्लुएचओले ‘कमिट टु क्विट टोबाको’ अभियान नै सञ्चालन गरिरहेको छ । यस अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ भने यो एप पनि त्यही अभियान अन्तर्गतकै एक अभिन्न पार्ट रहेको सिंहले जनाएकी छिन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य