पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
देशभर सक्रिय संक्रमित १६ हजार ६१६
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७८९ जनाको नमुना परीक्षण गरेकोमा ५७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उता यहीवीच १ हजार ९९३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ६४ हजार ४७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?