जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई पनि अन्य खोप बुस्टरका रुपमा दिन मिल्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई पनि बुस्टर डोजका रुपमा अन्य खोप दिन मिल्ने जनाएको छ।
जोन्सन खोप एक मात्रा मात्र लगाए पुग्ने भएकाले यसमा बुस्टर कुन दिने भन्नेबारेमा धेरै नै जिज्ञाासा आएपछि स्वास्थ्य मन्त्रालयले पत्र काटेर ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै जोन्सन खोप लगाएकालाई पनि अन्य जस्तै १८ वर्ष पुगेका र खोप लगाएको ६ महिना भएकालाई भए त्यही खोप र नभए उपलब्ध भएको एस्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, मोडर्ना वा फाइजर लगाउन सकिने जनाएको छ ।
सरकारले १८ वर्ष पुगेका सबैलाई कोरोना विरुद्धको बुस्टर डोज दिने खोप अभियान सञ्चालन गरिरहेको छ । शुरुमा जुन खोप लगाएको हो बुस्टर पनि त्यही खोप लगाउने भन्ने निर्णय भएको भए पनि खोपको उपलब्धता नभएपछि अहिले मिस्क गरेर बुस्टर खोप लगाउने निर्णय भएसँगै त्यही बमोजिम गरिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?