स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्ण पौडेल
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्णप्रसाद पौडेललाई ल्याइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै डा पौडेललाई मन्त्रालयको महाशाखामा सरुवा गरेका हुन्। यसअघि डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको रुपमा कार्यरत थिए ।
डा पौडेलको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासलाई ल्याइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?